सुजुकीको नयाँ ‘भिटारा ब्रेजा’ : नेपाल भित्रिएको छोटो समयमै ७ सय भन्दा धेरै बुकिंग

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, ११ : ०२
सुजुकीको नयाँ ‘भिटारा ब्रेजा’ : नेपाल भित्रिएको छोटो समयमै ७ सय भन्दा धेरै बुकिंग

काठमाडौं । नेपाली बजारमा भित्रिएको ‘भिटारा ब्रेजा’ गाडीले छोटो समयमै ७ सय भन्दा धेरै गाडी बुकिंग गर्न सफल भएको छ ।  ७ सय भन्दा धेरै बुकिङ भएको सुजुकीको लागि नेपालको आधिकारिक वितरक सीजी मोटोकर्पका मार्केटिङ म्यानेजर करुण शाक्यले बताए । उनले यो गाडी सन् २०१६ नाडा अटो शो बाट नेपाल भित्रिएको बताए ।

‘भिटारा ब्रेजाले विश्व अटो बजारमा सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयुभी बनेको बताउदैं उनले नेपाल भित्रिएपछि यसले सुजुकी ब्राण्डलाई धेरै अगाडि बढाएको छ । १४६२ सीसीको ‘के–सिरिज’ बीएस ६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजा ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ ।

नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर छन्। साथै यसमा १७र७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल लगायत विशेषता रहेका छन् । १.३ लिटरको डिजल इन्जनमा नेपाल भित्रिएको भिटारा ब्रेजाको नयाँ पुस्ता १.५ लिटरको पेट्रोल इन्जिनमा भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक भएको छ । 

‘नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी शक्तिशाली मात्र नभई यसको सेग्मेन्टमै सबैभन्दा बढी फिचरहरु छन्, यसको टर्बो पावर डिजल इन्जिन, स्पोर्टी लुक्स, आकर्षक रङ्गले ग्राकको माग सम्बोधन गरेको छ,’ उनले भने । कम्पनीले यसमा सेफ्टी फिरर्सचलाई बिशेष ध्यान दिईएको छ ।

यसमा स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईएसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर प्रिटेन्सनसहितको सिट बेल्ट लगायत फिचर्स समावेस छन् ।  दुई भेरियन्टमा उपलब्ध भिटारा ब्रेजाको मूल्य भिएक्सआईको ४१ लाख ६९ हजार र जेडएक्सआईको मूल्य ४४ लाख ६९ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस