प्रदेश २ का एक मन्त्रीमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, ०९ : ५७
प्रदेश २ का एक मन्त्रीमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । कोरोना संक्रमण तिब्र भएसँगै प्रदेश २ सरकारका एक मन्त्रीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यादवको बुधबार बेलुका आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि त्यस्तो कुनै लक्षण नरहेको उनले बताए । 

उनले भने, मलाई त्यस्तो कुनै लक्षण नरहेकोले डराउनु पर्ने आवश्यकता छैन तर सर्तकता अपनाई यससँग अहिले लड्नु पर्छ छ ।’ उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन सबैसँग अपिल गरेका छन् । उनी अहिले मन्त्रालयको निवासममै आइसोलेशनमा छन् ।

प्रतिक्रिया दिनुहोस