भरतपुर अस्पतालमा कार्यरत डा.अधिकारी प्रसूति तथा स्त्री रोग अस्पतालको उपनिर्देशकमा नियुक्त

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, ०९ : ०७
भरतपुर अस्पतालमा कार्यरत डा.अधिकारी प्रसूति तथा स्त्री रोग अस्पतालको उपनिर्देशकमा नियुक्त

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा कार्यरत डा. श्रीप्रसाद अधिकारी थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) को उपनिर्देशकमा नियुक्त भएका छन् ।

प्रमुख कन्सल्टेन्ट गाइनोकोलोजिष्ट डा अधिकारीलाई शुक्रबार अस्पतालको उपनिर्देशकमा नियुक्ती दिइएको हो। परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी निर्देशक डा संगीता मिश्राले उनलाई उपनिर्देशक नियुक्तीको पत्र दिएकी हुन् ।

डा अधिकारी प्रसुती सेवामा अत्याधिक चाप रहने र काठमाडैं पछि सबैभन्दा बढी सेवा प्रदान गर्ने गरेको चितवनको भरतपुर अस्पतालमा ८ वर्षसम्म  कार्यरत थिए। 

प्रतिक्रिया दिनुहोस