संक्रमणको जोखिम बढेपछि सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागु, आज जोर नम्बरका सवारी मात्र चल्ने

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, ०८ : ४५
संक्रमणको जोखिम बढेपछि सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागु, आज जोर नम्बरका सवारी मात्र चल्ने

काठमाडौँ । कोरोना भाइरसको संक्रमण तिब्र हुन थालेपछि काठमाडौं उपत्यका सहित कतिपय जिल्लामा  आज (बिहिबार) बाट जोर–विजारे प्रणालीका आधारमा सवारी चल्ने भएको छ । सरकारले संक्रमितको संख्या २०० भन्दा बढी रहेका जिल्लामा जोर–बिजोर प्रणालीका आधारमा मात्रै गाडी चलाउन दिने गरेसँगै बिहीबार बिहानैदेखि सो नियम लागु भएको छ ।

गृह मन्त्रालयले काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेका सार्वजनिक र निजी सवारी साधन जोर–बिजोर नम्बरका आधारमा चल्ने  जनाएको हो । त्यस्तै काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागु गर्ने र  २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिएको छ ।

त्यस्तै गृह मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने, मास्क नलगाउने वा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जविरवाना गर्ने र जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने व्यक्तिलाई कारवाही गर्ने जनाएको छ ।  समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । नेपाल सरकारको निर्णय

बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवातजावतलाई कडाइका साथ निषेध गर्ने, होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस