जनकपुरमा होली भोलि

शुक्रबार, १८ फागुन २०७४, १४ : ०३
जनकपुरमा होली भोलि

जनकपुरधाम । सद्भाव, उमंग, प्रसन्नता र रङको पर्व होरी९होली० जनकपुरधाम क्षेत्रमा भोलि मनाइने भएको छ । मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होरी मनाइने परम्परा छ ।

माध्यमिकी परिक्रमाको अन्तिम दिन आज लाखौँ श्रद्धालुले जनकपुरधामको पाँच कोसको परिक्रमा सम्पन्न गरेका र सोहीअनुसार यस क्षेत्रमा होरी भोलि मनाइने भएको हो ।पन्ध्रदिने परिक्रमा नेपालको १०८ किलोमिटर तथा भारतको २७ किलोमिटर पैदल यात्रामा लाखौँ साधु सन्त, गृहस्थ तथा श्रद्धालुको सहभागिता थियो ।

मिथिला माध्यमिकी परिक्रमालाई नेपाल भारतको सांस्कृतिक सेतु पनि मानिएको छ । सन् १८१६ मा भएको सुगौली सन्धिले प्राचीन मिथिलालाई नेपाल र भारत गरी दुई चिरामा विभाजित गरे पनि नेपाल र भारत मैत्रीको प्रतीक मिथिला परिक्रमामा भने कुनै आँच आएको छैन ।

यो धार्मिक यात्राबाट सतकर्म, पाप तथा अन्य कष्टबाट मुक्ति पाउनाका साथै मनोकाञ्छित फल प्राप्त हुने जनविश्वास छ । (रासस)

प्रतिक्रिया दिनुहोस