वीरगञ्ज । नेकपाका सर्लाही अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपाका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । उनले बुधबार विज्ञप्ति जारी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् ।
हाल उनी काठमाडौंमा डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बसेको छन् । हाल उनको अवस्था सामान्य रहेको छ । ३ र ४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो । शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो’ उनले विज्ञप्तिमा भनेका छन्।
उनले नजिकबाट आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत हुन र परीक्षण गराउन सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०७७, १६ : ३३
लेखकबाट थप