वीरगञ्जमा एकैदिन १३३ जनालाई कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०७७, १५ : ५५

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणको दर उच्च छ । वीरगञ्जमा बुधबार एकैदिन १३३ जनालाई कोरोना संक्रमण देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १७ जना बारा जिल्लाका र बाँकी सबै पर्साका जिल्लाका छन्। उनीहरू ८ वर्षदेखि ७४ वर्षसम्मका छन्। पर्सामा बुधबार नै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले वीरगन्जका लागि भनेर स्वास्थ्य विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह नेतृत्वको उच्चस्तरीय टोली खटाएको छ। 

प्रतिक्रिया दिनुहोस