काठमाडौं । चार महिना लकडाउन गरेर कोभिड नियन्त्रणको सरकारले प्रयास गरेको बताएपनि लकडाउन खुलेसँगै हवात्तै कोरोना बढ्न थालेपछि सरकारले आपतकालिन बैठक बोलाएको छ ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा नेकपा अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवा र संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरुसहित २० भन्दा बढी विज्ञसँग ओलीले परामर्श गर्न लागेका हुन् ।
कोरोना दोश्रो चरणमा प्रवेश गरेर समुदायमै फैलिएर भयावह अवस्था आउन सक्ने सम्भावना देखिन थालेपछि प्रधानमन्त्री ओलीले विज्ञसहितको परामर्श बैठक बोलाएका हुन् । विज्ञहरुले दिने सुझावका आधारमा सरकारले आगामी कदम चाल्ने तयारी स्वरुप बैठक बोलाईएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए । त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो । ‘अहिलेको अवस्था हेर्दा सरकारले केही न केही त उपाय अपनाउनै पर्ने भएको छ’, स्वास्थ्यमन्त्री ढकालले सफलखबरसँग भने, ‘विज्ञहरू सहित राजनीतिक दलका नेताहरुले दिने सुझावका आधारमा सरकारले अब के गर्ने भन्नेमा रणनीति लिनेछ ।’
साउन ७ मा लकडाउन अन्त्य भएको घोषणा सरकारले गरेको थियो । तर सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० जनामा नेपालमा कोरोना संक्रमण देखिसकेको छ । विरगन्ज, सर्लाही, काठमाडौं, जनकपुर लगायतका क्षेत्रमा पछिल्लो पटक संक्रमितहरुको संख्या बढ्न थालेको छ ।
स्थान विशेषलाई लिएर लकडाउन लगाउने, फेरि जोरविजोर प्रणालीमा यातायातका साधन चलाउने जस्ता विषयमा सरकारले तयारी गरिरहेका बेला प्रधानमन्त्रीले विज्ञसहितको आपतकालिन छलफल बोलाएका हुन् । भीडभाड बढने, संक्रमितहरु बढेसँगै जनघनत्व बढी भएको स्थानमा संक्रमण फैलिए भयावह अवस्था आउन सक्ने भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गर्न थालेपछि ओलीले छलफलका लागि विज्ञहरुलाई बोलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० साउन २०७७, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी
बालुवाटारमा मध्यरात बसेको सुरक्षा संन्यत्रको बैठकमा के भयो ?
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल