न्यायिक समितिलाई मेलमिलापसम्बन्धी तालीम

शुक्रबार, १८ फागुन २०७४, ११ : ५१

भोजपुर । भोजपुर जिल्लास्थित स्थानीय तहका न्यायिक समितिलाई सामुदायिक मेलमिलापसम्बन्धी तालीम दिइएको छ ।

स्थानीय तहका उप (प्रमुख) को संयोजकत्वमा गठित तीन सदस्य न्यायिक समितिलाई लक्षित गरी सामुदायिक मेलमिलापसम्बन्धी आठ दिनको तालीम दिइएको हो ।

तालीम न्यायिक सदस्यलाई मेलमिलापसम्बन्धी काम गर्नका लागि सहज गराउने उद्देश्यका साथ सञ्चालन गरिएको आयोजक प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका संयोजक सूर्यविक्रम राईले बताउनुभयो ।

स्थानीय तहको न्यायिक समितिको पदाधिकारीलाई काम गर्न अन्योल भइरहेको अवस्थामा तालीम अत्यन्तै उपयोगी बनेको सहभागीले बताएका छन् । गत ९ गतेबाट शुरु भएको तालीम बिहीबार सम्पन्न भएको हो । तालीममा उपप्रमुखसहित ३० जनाको सहभागिता रहेको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस