काठमाडौं । नेपाल प्रहरीले पोल्यान्ड पठाइदिन्छु भनी रु १७ लाख ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकी ४० वर्षीय कमलाकुमारी थापालाई आज पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले विभिन्न प्रलोभनमा पारेर लक्ष्मी देवकोटासमेतका व्यक्तिसँग ठूलो रकम लिएको उजुरीका आधारमा थापालाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकी थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ साउन २०७७, २१ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
राप्रपा नेता श्रेष्ठलाई आक्रमण गरेको आरोपमा १ जना पक्राउ
अढाइ वर्षीया बालिकालाई बेचबिखन गर्ने कार्यमा संलग्न महिला पक्राउ
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
५० ग्राम सुनसहित विमानस्थलबाट २ जना पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ