एजेन्सी । आइपिएल टिम पञ्जाब किंग्सले इतिहास रचेको छ । आईपीएलको १७ सिजनको इतिहासमा मात्रै नभई टी–२० को इतिहासमा पनि सबैभन्दा ठूलो रन चेज गरेर पञ्जावले नयाँ किर्तिमान बनाएको हो ।
गएराती सम्पन्न खेलमा कोलकोता नाइट राइडर्सले दिएको २६२ रनको लक्ष्य १८.४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यो आइपिएल इतिहासमा अमत्र नभएर समग्र टी-२० क्रिकेटमा अहिलेसम्मको सबैभन्दा सफल चेज हो । पञ्जाबको जितका नायक जोनी बेयरस्टो, शशांक सिंह र प्रभसिमरन सिंह बनेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । फिल साल्टले ३७ बलमा ७५ रन र सुनिल नारायणले ३२ बलमा ७१ रन बनाए । जवाफमा प्रभासिमरन सिंहले २० बलमा ५४ रनको इनिङ खेल्दै पञ्जाबलाई आक्रामक सुरुवात दिलाए ।
यसपछि जोनी बेयरस्टोले ४८ बलमा १०८ रन र शशांक सिंहले २८ बलमा ६८ रनको अविजित इनिङ खेल्दै पञ्जाबलाई जित दिलाए । यस खेलमा ४२ छक्का प्रहार गरिएको थियो, जुन आईपीएलको इतिहासमा कुनै पनि खेलमा सबैभन्दा बढी हो ।
यसअघि गतबर्ष दक्षिण अफ्रिकाले वेस्ट इन्डिजले दिएको २५९ रन चेज गरेको नै यस अघि धेरै रन चेजको रेकर्ड थियो ।
यो जितसँगै पन्जाब नौ खेलबाट तीन जित र छ हारसहित ६ अंकसहित आठौं स्थानमा उक्लिएको छ । योसँगै कोलकाताको टोली दोस्रो स्थानमा छ । उसको आठ खेलमा पाँच जित र तीन हारसँगै १० अंक छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १५ बैशाख २०८१, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपिएलमा सनराइजर्स र लखनउ भिड्दै
आइपिएल : सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी
आइपिएल : लखनउमाथि कोलकोता ९८ रनले विजयी
आइपिएलमा आज दुई खेल हुदै
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
आइपिएल : मुम्बईमाथि कोलकोता २४ रनले विजयी