राप्रपा नेता श्रेष्ठलाई आक्रमण गरेको आरोपमा १ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, १४ : ०३
राप्रपा नेता श्रेष्ठलाई आक्रमण गरेको आरोपमा १ जना पक्राउ

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठलाई आक्रमण गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौं नीलोपुल बस्ने कालिकोटको पलाताँ गाउँपालिका–९ घर भएका ३१ वर्षीय निराजन बम छन् ।

उनलाई प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो ।गत फागुनमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा आफूमाथि आक्रमण भएको भन्दै श्रेष्ठले प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए ।