सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको?

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, ११ : २२
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको?

काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएकोमा चाँदीको मूल्य आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस