बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पक्राउ

रासस

सोमबार, १९ साउन २०७७, २० : ५८
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पक्राउ

फाइल तस्विर

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  र सहायक संरक्षण अधिकृत पक्राउ परेका छन् ।  स्रोत नखुलेको नगद सहित रुपन्देहीमा आज उनीहरु अख्तियारबाट पक्राउ परेका हुन् । 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायाले श्रोत नखुलेको नगद रकम रु.३,४८,००० र  विभिन्न मितिको बैंक भौचर रकम रु.५,५०,००० सहित रुपन्देहीको सालझन्डीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले नियन्त्रमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस