सामाजिक विकासमन्त्री साहद्वारा सरसफाइ

शुक्रबार, १८ फागुन २०७४, ११ : १७

सप्तरी । सामाजिक विकासमन्त्री नवकिशोर साहले कुचो लगाएर नगरको सरसफाइ कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
राजविराजस्थित गजेन्द्र चोक पुगेर विहीबार स्व गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेपछि मन्त्री साह सरसफाइमा सहभागी हुनुभएको हो । प्रदेश नम्बर २ अन्तर्गत सप्तरी जिल्लाका मन्त्रीले शपथग्रहणपश्चात् राजविराज नगरपालिकाको नगर सरसफाइ गरी सामाजिक कामको शुरुवात गरेको बताउनुभयो ।

सप्तरी युथ नेपालले गरेको सरसफाइअन्तर्गत युवासँगै विधायक नेत्र विक्रम साह, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साह, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष मण्डलका सदस्य सुनिल झा, नेताद्वय दीपेन्द्र चौधरी, दिनेश यादवलगायतको सहभागिता रहेको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस