अमिताभ बच्चनले कोरोना भाइरसलाई जितेर घर फर्किए

एजेन्सी

सोमबार, १९ साउन २०७७, १४ : ५८
अमिताभ बच्चनले कोरोना भाइरसलाई जितेर घर फर्किए

एजेन्सी । भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोना भाइरस (कोभिड १९ ) को उपचारपछि अस्पतालबाट घर फिर्ता भएका छन्। ७७ वर्षीय अभिनेता अमिताभले ट्विटरमार्फत् आफूलाई कोरोनाभाइरस सङ्क्रमण भएको जानकारी दिएका थिए। 

आइतवार बच्चनले परीक्षणमा भाइरसमुक्त भएको देखिएपछि अस्पताल छाडेको बताएका हुन्। ट्वीट गर्दै उनले आफ्ना प्रशंसकहरूको प्रार्थना र मुम्बईको नानावती अस्पतालको निकै राम्रो स्याहारप्रति धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस