निजी निवास बालकोटबाट पुनः सरकारी निवास बालुवाटार फर्किए प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, १३ : ५०
निजी निवास बालकोटबाट पुनः सरकारी निवास बालुवाटार फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आफ्नो निजी निवास बालकोटबाट पुनः बालुवाटार फर्किएका छन् । 

आइतबार मध्यान्ह सरकारी निवास बालुवाटारबाट बालकोट गएका ओली त्यहाँ एक घण्टा बिताएर फर्किएका हुन् । 

उनले बालकोटमा सो घरमा हाल बस्दै आएका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटा र सांसद महेश बस्नेतसँग छलफल गरेको स्रोतले बताएको छ ।