विराटनगर । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण भएको छ । उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने खुलेको छैन ।
विराटनगर ५ घर भएका मुख्य न्यायायाधिवक्ता आचार्यका परिवारका तीनजना सदस्यमा समेत कोरोना भाइरस संक्रमण भएको छ ।
आचार्यलाई केही दिन अगाडि ज्वरो आएको थियो । सिटामोल खाएपछि ठीक भएको थियो । संक्रमण भएको हो कि भनेर कोरोना परीक्षण गर्दा संक्रमण देखिएको हो । आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको मुख्य न्यायायाधिवक्ता आचार्यले बताए ।
बैठकहरुका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने आचार्यको अनुमान छ । प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारीहरु सतर्क बनेका छन् ।
आचार्यलाई कोरोना कहाँबाट सरेको हो भन्ने ट्राभल हिस्ट्री पत्ता नलागेका कारण समुदायस्तरमा कोरोना संक्रमणको स्पष्ट संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ साउन २०७७, १३ : ४०
लेखकबाट थप