मेलम्चीमा गएको पहिरोले पुरिएर आठ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, ११ : ५५
मेलम्चीमा गएको पहिरोले पुरिएर आठ जनाको मृत्यु

सिन्धुपाल्चोक । मेलम्चीमा गएको पहिरोले पुरिएका ८ जनाको मृत्यु भएको छ । ८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोले पुरिएर भारतीय नागरिक बारु साह घाइते भएका छन् । 

मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया,  ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा छन् ।

मृतक राजेन्द्र चौरसिया पनि भारतीय नागरिक हुन् । निर्माण कार्यमा सक्रिय उनीहरु बसेको टहरालाई पहिरोले पुर्दा सो घटना हुन पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस