चितवन । लायन्स क्लब अफ नारायणी सेन्ट्रल लायन बर्ष २०२०/२१ को लागि कृष्ण लामालाई नेतृत्व हस्तान्तरण गरिएको छ ।
आईतवार नारायणगढमा एक कार्यक्रमका बीच सेन्ट्रलका संस्थापक अध्यक्ष डासीराम ढकालले लामालाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
पद हस्तान्तरणपछि बोल्दै लामाले नवलपुर र चितवनका सबै लायन्स सदस्यहरुलाई समेटेर उचाईमा पुरयाउने बताए । आगामी दिनमा क्लब सामाजिक रुपमा थप क्रियाशील हुंँदै अनुकरणीय काम गर्दै जाने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि ढकालले यस क्लबमा बढीभन्दा बढी सदस्यहरुलाई समेटेर सामाजिक कार्यमा घनिभूत रुपमा लाग्नुपर्ने बताए । क्लबले गरीब विपन्न, पिछडिएका बर्गलाई उत्थान गर्न सदैब तत्पर रहनुपर्ने भन्दै ढकालले यसमा सबैको समन्वय र सहकार्य जरुरी रहेको बताए ।
ढकाललाई सम्मान गरिएको कार्यक्रममा एक्सेटेन्सन चेयर पर्सन खोमकान्त रेग्मी , सेन्ट्रलका पूर्वअध्यक्ष सुजन थापा क्षेत्री, सेन्ट्रलका प्रथम उपाध्यक्ष रामप्रसाद शर्मा, सचिव लालबहादुर भण्डारी र कोषाध्यक्ष समिक तामाङ् लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन र सहजीकरण सेन्ट्रलका द्वितीय उपाध्यक्ष अनन्तराज अधिकारीले गरेका हुन् । सेन्ट्रलले सामाजिक कामलाई अगाडि बढाउन साउन २२ गते मानवसेवा आश्रममा आश्रितलाई भोजन खुवाउने उपाध्यक्ष अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ साउन २०७७, ११ : ०५
लेखकबाट थप