ओली - प्रचण्ड आज पनि निर्णायक वार्ता हुँदै

झलनाथ खनाल र सुवास नेम्वाङलाई आज पनि साक्षी राखेर छलफल हुने

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, ०९ : ४५
ओली - प्रचण्ड आज पनि निर्णायक वार्ता हुँदै

काठमाडौं । सत्तारुढ दल नेकपामा देखिएको विवादको समाधान खोजी गर्न दुई अध्यक्षको आज पनि छलफल हुने भएको छ । प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वीच १३ साउनयता हुन नसकेको सम्वाद तोडेर आइतबार वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ लाई साक्षी राखेर संवादहिनता तोडने काम भएको थियो ।  त्यही छलफललाई आज पनि निरन्तरता दिन लागिएको हो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आज हुने छलफलले कुनै न कुनै निष्कर्ष निकाल्नेमा आफु आशावादी भएको बताए । 

तर आइतबारको छलफल मा पनि विवाद उस्ताको उस्तै र अडान दुबै तर्फका आ आफ्नै भएका कारण सहज निकास निस्किहाल्नेमा विस्तस्त हुन सक्ने वतावरण भने छैन ।  ओलीले आफनो अहंम त्याग गरेका छैनन । पार्टीका नेताहरुले एउटा पदवाट राजीनामा दिएर निकास निकाल्न गरेको आग्रहलाई उनले टेरेका छैनन । जसकाकारण पनि नेकपाभित्रको विवादमा कुनै् निकास आउन नसकेको हो ।  आजको संवाद मा पनि ओलीले नेम्वाङ र प्रचण्डले खनाललाई नै साथमा लिएर छलफल गर्ने बताएका छन् । 

नेम्वाङ इन, पौडेल आउट 
प्रधानमन्त्री ओलीको समुहबाट वार्ता र संवादमा अहिले सुवास नेम्वाङ सहभागी हुन थालेका छन् । यस अगाडी ओलीले महासचिव विष्णु पौडेललाई  शीर्ष संवादमा सहभागी गराउदै आएका थिए । प्रचण्डले पनि जर्नादन शर्मालाई साथ लिदै आएका थिए । 

तर पार्टीका वरिष्ठ नेतालाई पनि साथ लिएर मात्र अव आफुले छलफल गर्ने प्रचण्डले बताएपछि खनाल वार्तामा सहभागी हुन थालेका हुन् । तर महासचिव रहेका पौडेललाई सहभागी नगराई सुवास नेम्वाङलाई ओलीले वार्तामा किन प्रथामिकता दिन थाले , त्यो भने अर्थपूर्ण छ । 

ओलीको संकट टार्नका लागि नेम्वाङ भन्दा पौडेलले भूमिका निर्वाह गदै आईरहेका थिए । तर पौडेललाई हटाएर ओलीले नेम्वाङलाई साथ दिनुभित्रको रहस्य भने खुल्न सकेको छैन । 

केही नेताले ओलीले पौडेललाई भन्दा नेम्वाङलाई विश्वासमा राखेर छलफलमा सहभागी गराउन खोजेको बताइन्छ भने पौडेल वाहिरी मोर्चामा सक्रिय बनाउदा भित्री छलफलमा भने नेम्वाङलाई अगाडी सार्न खोजेको पनि बताइन्छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले ६ दिनको संवादहिनता तोडदै पार्टीभित्रको अन्तरसंर्घषमा केन्द्रीत रहेर तीन घण्टा छलफल गरेका छन् ।  

प्रधानमन्त्री निवास वालुवाटारमा दुई अध्यक्षका वीचमा आइतबार छलफल भएको हो । अघि पछिको जस्तै एक्लाएक्लै वार्ता भन्दा आइतबार भने दुवै अध्यक्षले आ आफ्ना तर्फवाट एक एक जना अन्य सहयोगी नेतासमेतलाई राखेर सम्वाद शुरु गरेका हुन् । ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र दाहालले वरिष्ठ नेता झलनाथ खनाललाई साथमा राखेर आइतबार संवाद गरेका थिए ।

संयोग पनि यस्तो परयो की, ओली र दाहालले साक्षी राखेका दुवै नेता इलामका थिए । ओली र दाहालले अघिपछिको जस्तै मन माझामाझ नै हुने गरी सबै विषयमा छलफल गरे । एक अर्काले बोलेका अभिब्यक्ति देखि आरोप प्रत्यारोप सम्मका सन्दर्भमा पूरानै शैलीमा छेडखान पनि गरे । पार्टी एकता जोगाउने, पार्टीको कमिटिबाटै छलफल गरेर एउटा टुग्गोमा पूग्ने भन्नेमा पनि छलफल आइतबार नेताहरुले गरे । 

तर मिल्दा के के विषयमा कसरी सहमति जुटाउने भन्नेमा भने आइतबार पनि उही पूरानै रटानमा ओली –दाहाल दुबै अडिएका छन् । ओली स्थायी समिति वैठक नै रोकेर सचिवालय बोलाउने र त्यहाबाट आफु अनुकुलको प्रस्ताव अगाडी बढाएर लैजाने तिर र दाहाल अबरुद्द स्थायी समिति वैठक कहिले बोलाउने भन्नेमै छलफलमा अडिग देखिएका थिए ।

एक सचिवालय सदस्यले भने, –‘प्रधानमन्त्री स्थायी समिति वैठक बोलाउने तिर देखिनुभएको छैन, केन्द्रीय समिति पनि उचालेर बोलाउन खोजिएको भन्नेमा देखिनुभएको छ, उहाँ सचिवालय वैठक बोलाउने, ३ साउनको प्रस्तावकै आधारमा सचिवालयबाट आफु अनुकुलको प्रस्ताव तयार पारेर अगाडी बढाउने गरी जान खोज्नुभएको छ । त्यसमा कुरा वाझिईरहैको छ ।’

१३ साउनमा ओलीले स्थायी समिति वैठक रोक्ने र दाहाल –नेपाल समुहले राख्ने दोहरीका वीच विवाद उत्र्कषमा पुगेपछि दुइृ अध्यक्षका वीचमा सम्वाद हुन सकेको थिएन । तर दाहाललाई उनी निकट नेताहरुको वैठकले ओलीसाग पनि संवाद गरेर सहमति खोजी गरी स्थायी समिति वैठक बोलाउन म्यान्डेट दिएको थियो । 

त्यसयता दुई नेता आइतबार मात्रै संवादमा बसेका थिए । यस वीचमा ओली र दाहाल दुबै अध्यक्षसँग महासचिव विष्णु पौडेलले दुई चरण र शंकर पोरखेलले पनि दाहालसँग एक चरणमा महासचिव पौडेल सहित छलफल गरेका थिए ।

वार्ताकौ वातावरण निर्माणका लागि महासचिव पौडेलले भूमिका खेलेपछि भने आइतबार ओली दाहालको संवाद गर्नै अवस्था बनेको थियो ।

वैठकमा १३ साउनमा दाहालको अध्यक्षतामा वालुवाटारमै बसेको वैठकलाई पार्टी वैठक भन्ने की गुटको भेला भन्नेमा केही वेर दुई अध्यक्षवीच भनाभन भएको थियो  । दाहालले स्वेच्छाले एउटा पदवाट राजीनामा दिन ओलीलाई आइतबार पनि आग्रह गरेका थिए । ओलीले अहिले कुनै पद नछाडने बरु महाधिवेशन छिटो गरेर नेतृत्व सहज हस्तान्तरण गर्नै पुरानै कुरामा अडिड लिएका थिए ।

त्यसपछि वैठक सचिवालय बोलाउने या स्थायी समिति भन्नेमा पनि ओली दाहालको आ –आफनै मत थिए  । (पढ्नुहोस् छलफलमा सहभागी नेता र छलफलपछि विफ्रिड सुनेका केही नेताहरुसागको कुराकानीका आधारमा तयार पारिएको वालुवाटार सम्वादका केही अंश)

’वैठक बस्ने विषयमा सहमति छ । उहाँ (प्रधानमन्त्री)को जोड सचिवालय वैठक बोलाउने भन्ने तिर छ, हाम्रो जोड स्थायी समितिको वैठकलाई छलफल गरी टुग्याऔं भन्नेतिर छ । वैठकबाटै जानुपर्छ भन्नेमा सहमति छ । त्यसमा करिब एउटै धारणा हो । सहमतिको विकल्प छैन,’– वरिष्ठ नेता खनालले भने । 

नेम्वाङले भने सम्वाद शुरु भएको र सोमबार फेरी हुने छलफलले सम्भवतः एउटा निकास पहिल्याउने जिकिर गरेका छन् ।

‘दुई अध्यक्षको सम्वाद नै हुन नसकिरहेका वेला संवाद भएको छ । त्यो पनि सौहार्दपूर्ण वातावरणमा छलफल भयो । सबै विषयमा कुराकानी भए । अब झिनामसिना कुरामा नलाग्ने, वार्ता र सम्वादबाटै सहमति खोज्ने कुरा भएको छ । भोलि (सौमबार) ९ वजे फेरि बस्ने कुरा छ,’ नेम्वाङले सञ्चारकर्मीहरुसँग भने, –‘आजै (आइतबार) निश्र्कषमा पुग्ने गरी छलफलमा जुटेका थियौं, अब फेरि भोलि जेरी खादै बसेर भरसक टुग्याउने गरी जान्छ होला ।’

नेताहरुवीच सचिवालय वैठक बोलाउने या स्थायी समिति ? त्यसमा भने कुरो मिलेको देखिन्न । ओली सचिवालय वैठक बोलाएर त्यसअनुसार जान चाहेका छन् । तर दाहाल स्थायी समितिबाट । 

३ साउनमा मंसिरमै महाधिवेशन गर्ने ओलीको प्रस्ताव सचिवालयमा छलफल भएको थियो । त्यसमा नेताहरुले सहमति /असहमति जे धारणा राखेपछि फेरि दुई अध्यक्ष छलफलमा बस्ने, मंसिरमै महाधिवशेन गर्ने गरी कार्ययोजना सहितको ठोस प्रस्ताव ल्याउने र त्यसलाई सचिवालयबाट अनुमोदन गराएर जाने निर्णय निर्णय ३ साउनकौ वैठकलै गरैकौ ओली पक्षका नेताहरुको भनाई छ ।

ओलीले अहिले त्यही जगमा टेकेर सहमति खोजेर जानुपर्ने धारणा राखेका छन् । त्यसो गर्दा प्रधानमन्त्री ओलीका लागि अहिले अनुकल वातावरण पनि बनेको छ । उपाध्यक्ष वामदेव गौतमले ६ वुँदे प्रस्ताव ओलीका लागि अनुकुल हुने गरी ल्याएपछि ओली सचिवालयमा आफनो पक्षमा बहुमत पुग्ने ठम्याईमा छन् । उनलाई एउटा पद छोडन दवाव दिईरहेका दाहाल र नेपाल पक्षको मतसँग सचिवालयमा बहुमत नेताले सहमति जनाउने देखिदैनन । गौतमले समेत ओलीलाई प्रतिनिधीसभाकौ वाँकी कार्यकाल प्रधानमन्त्री कायमै राख्ने र एकता महाधिवशेन सम्म अध्यक्ष पनि रहने गरी तत्कालका लागि पार्टीभित्रको विग्रह रोक्न भन्दै १३ साउनमा ६ वुँदे प्रस्ताव अगाडी सारेपछि ओलीले आफुलाई राहात मिलेको ठानेका छन् ।

त्यही कारण पनि ओली सचिवालय वैठक बसेर आफु अनुकुल प्रस्ताव लैजान सकियो भने पार्टीभित्र आफुमाथी आईपर्ने संकट टारेर जान सकिनेमा देखिएका छन् । 

तर दाहाल –नेपाल पक्षले भने स्थायी समिति बैठक बोलाउने, त्यसमा रहेका पूर्वनिर्धारित एजेण्डामा छलफल गराउने र सहमति भए सहमितको नभए आ– आफनो प्रस्ताव केन्द्रीय समितिमा लैजाने गरी जान चाहेको छ । दाहाल नेपाल पक्षले केन्द्रीय समिति बो लाउनका लागि १५२ नेताहरुको हस्ताक्षर सहित १४ साउनमा केन्द्रीय कार्यालयका सचिव मार्फत दुई अध्यक्षलाई वैठक बो लाउन लिखित मागपत्र समैत वुझाईसकेका छन् ।

तर ओली स्थायी समिति वैठक रोक्ने, केन्द्रीय समिति वैठक बो लाउन माग गर्ने नेताहरुलाई पनि उचालेर वैठक बो लाउन लगाईएको भन्दै त्यसमा सहमत हुन नसक्ने बताईरहेका छन् । आइतबारको छलफल मुख्यतः यिनै विषयमा केन्द्रीत रहेर भएपनि निष्कर्षमा पुग्न नसकेको नेताहरुको भनाई छ । नेकपामा १० असार देखि जारी स्थायी समिति वैठक र ओलीको राजीनामा माग गदै उठेको विषय कुन रुपमा टुग्गो लाग्ला भन्ने कुनै छेउछन्द आउन नसक्दा नेकपा अनिर्णित बनिरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस