मेलम्चीमा पहिरोबाट आठ जना कामदार बेपत्ता

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, ०७ : ३५
मेलम्चीमा पहिरोबाट आठ जना कामदार बेपत्ता

फाइल तस्विर

काठमाडाैँ । गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् । 

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र  एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको  थियो  ।  निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस