काठमाडौं । सरकारले आरडीटी परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङ्मा यस्तो निर्देशन दिएका हुन् ।
उनले भने, ‘कोभिड १९ को निधान र पहिचानका लागि सात वटै प्रदेश, स्थानीय तह र अस्पताललाई आरडीटी परीक्षण नगर्न जानकारी गराउँदछु ।
विश्व स्वास्थ्य संगठनले समेत आरडीटी परीक्षणमा मान्यता नदिँदा समेत स्वास्थ्य मन्त्रालयले भने आरडीटी परीक्षण गर्न किट खरिद गरेर सुरु गरेको थियो ।
तर जनस्वास्थ्य विज्ञहरुले पटक पटक आरडीटी बन्द गर्न र पीसीआर परीक्षणको दायरा बढाउन सुझाब दिँदादिँदै पनि सरकार अटेर गर्दै आरडिटी परीक्षण गराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०७७, १७ : १०
लेखकबाट थप