थप दुई सय ४६ जना संक्रमित भेटिए, कुल संक्रमितको संख्या २० हजार तीन सय ३२

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०७७, १६ : २८

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप दुई सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस