होलीमा मकवानपुरबाट ३० जना पक्राउ

शुक्रबार, १८ फागुन २०७४, १० : ११
होलीमा मकवानपुरबाट ३० जना पक्राउ

मकवानपुर । मकवानपुरमा बिहीबार होलीका दिन नियम विपरित गलत क्रियाकलापमा संलग्न रहेको भन्दै मकवानपुर प्रहरीले ३० जनालाई पक्राउ गरेको छ । त्यस्तै ४१ वटा मोटरसाईकल र एउटा अटोलाई समेत नियन्त्रणमा लिइएको छ ।
प्रहरीले होलीको समयमा हेल्मेट नलगाउने, तीन जना चढ्ने, आवश्यक कागजपत्र नभएका र मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको अवस्थामा ४१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै शान्ति शुरक्षामा खलल पु¥याउने गरी होहल्ला गर्दै उच्छृंखल गतिविधि गरेको भन्दै ३० जनालाई नियन्त्रण लिइएको हो ।
यसअघि प्रहरीले होलीको अवसरमा हुनसक्ने सम्भावित घटना तथा दर्घटना न्युनिकरणका लागि भन्दै जिल्ला प्रहरी कार्यलय मकवानपुरले विशेष सुरक्षा रणनिति तयार पारेको जनाएको थियो । बिहानैदेखि बजार क्षेत्रका विभिन्न क्षेत्रहरुमा सादा पोशक सहित प्रहरी परिचालन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस