नेकपाका अध्यक्षद्धय ओली र प्रचण्ड बिच छलफल, दुवै जनाका तर्फबाट एकएक जना साक्षी पनि छलफलमा सहभागी

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०७७, १० : ५८
नेकपाका अध्यक्षद्धय ओली र प्रचण्ड बिच छलफल, दुवै जनाका तर्फबाट एकएक जना साक्षी पनि छलफलमा सहभागी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बिच बालुवाटारमा छलफल भएको छ ।  ५ दिनपछि अध्यक्षद्धय छलफलमा जुटेका हुन् । 

बिहान १० बजेबाट सुरु भएको छलफलमा प्रचण्डसँगै नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र ओली निकट महासचिव विष्णु पौडेल सहभागी रहेका छन् ।  प्रचण्डले एक्लै ओलीसँग छलफलमा नबस्ने भनेपछि उनको तर्फबाट खनाल र ओलीको तर्फबाट पौडल पनि बैठकमा सहभागी भएको स्रोतको दाबी छ । 

साउन १३ गतेदेखि ओली र प्रचण्डबीच संवाद हुन सकेको थिएन । पार्टीको जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भन्ने कुरा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको छ ।

अध्यक्ष अ‍ोलीले भने आफू कुनै पनि हालतमा राजीनामा नदिने बरु ‘अर्ली’ महाधिवेशन गर्ने र महाधिवेशनबाट नेतृत्व चयन गर्ने भन्दै अनेक प्रस्ताव पेश गर्दै आएका छन् । यता स्थयी समितिमा पार्टीको विवाद समाधान हुन नसक्दा १५२ जना नेकपाका केन्द्रिय सदस्यले केन्द्रिय समितिको बैठक बोलाउन समेत माग गरेका छन् ।