काँग्रेसमा सुनिलबहादुर थापा भित्रिदा सिटौला किन असन्तुष्ट ?

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, १० : ११
काँग्रेसमा सुनिलबहादुर थापा भित्रिदा सिटौला किन असन्तुष्ट ?

काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेसले मंगलबार तामझामसहित राप्रपाका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल थापालाई पार्टीमा भित्रयाए । उनलाई पार्टीमा भित्राउने मात्र गरेनन, सहमहामन्त्री दिने र उनीसँगै आएका थप ७ जनालाई केन्द्रीय सदस्यमा लैजाने सम्मको सहमति देउवाले गरे ।

सुनिल आफैमा पनि राप्रपाभित्रका प्रभावशाली नेतामै पर्थे । सूर्यबहादुरको राजनीतिक विरासत र धनकुटामा अझै पनि सुनिलको राजनीति चक्काचक्कीमै छ । यस्तो बेला काँग्रेसलाई सुनिल थापा पार्टीभित्र भित्रयाउन पाउदा एउटा हर्षबढाई त पक्कै होला । तर सुनिलको काँग्रेस प्रवेशसँगै काँग्रेसभित्र भने भित्रभित्र असन्तुष्टि बढेको छ । 

गगन थापा, प्रदीप पौडेल लगायतका युवा नेताहरुको साथ लिएर सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारको भन्दा अलग तेश्रो धार निर्माणमा लागि रहेका कृष्णप्रसाद सिटौलाको भने थापाको काँग्रेस प्रवेशमा चित्त दुखाएका छन् । सोही कारण मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रवेश कार्यक्रममै सिटौला गएनन् । उनको असन्तुष्टि देउवाले थापालाई काँग्रेस प्रवेश गराउने उनीसँग आउने नेताहरुलाई पार्टीमा दिइने जिम्मेवारीका विषयमा कुनै सल्लाह नै नभएकाले असन्तुष्ट भएको बताइन्छ ।

तर देउवा इतर समुहले भने उनले पार्टीको आसन्न महाधिवशेनलाई प्रभावित गर्न अन्य पार्टीबाट नेता कार्यकर्ता भित्रयाउने र महत्वपूर्ण जिम्मेवारी दिने, विधानतः ६ महिनाभित्र बनाईसक्नुपर्ने विभागहरु नियमिति महाधिवशेन गरेको भए कार्यकाल सकिसक्दा सम्म गठन नगरी चुपचाप बस्ने र अहिले धमाधम गठन गर्न थाल्ने र आफ्नो पक्षमा पार्टी राजनीति दौडाउन देउवाले चालेको कदममा सिटौलाले सन्तुष्टी देखाएका छैनन् । 

सोही कारण पनि उनी थापालाई काँग्रेस भित्रयाउने कार्यक्रममै सहभागी भएनन् । उता पौडेल पक्ष पनि देउवाको गतिविधिसँग सन्तुष्ट छैनन् । पौडेलले हिजो केन्द्रीय कार्यालय सानेपामै गुटको भेला गरेको छ । भेलाबाट देउवाको कदममा असन्तुष्टि जनाउने र लिखित रुपमै ज्ञापनपत्र बुझाउने निर्णय लिएको छ । 

पार्टीको आसन्न महाधिवशेनलाई प्रभावित गर्ने गरी देउवाले काम गरिरहेको भन्दै आपत्ति जनाउने र तत्काल महाधिवशेन प्रभावित हुने गरी गतिविधि नगर्न अनुरोध गर्ने गरी पत्र बुझाउने तयारी गरेका हुन् । यसले काँग्रेसभित्र पनि संस्थापन र इतर समुहको रस्साकस्सी बल्झिने देखिएको छ ।