वीरगन्जमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित हुनेहरुमा सेना सहित स्वास्थ्यकर्मी

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, ०९ : ३८
वीरगन्जमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित हुनेहरुमा सेना सहित स्वास्थ्यकर्मी

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको परिक्षण रिपोर्टमा संक्रमित मध्ये ३ जना बारा र बाँकी सबै पर्सामै बस्दै आएकाहरू हुन् । संक्रमित हुनेमा १५ जना महिला समेत रहेका छन् । 

वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा पनि कोरोना संक्रमण देखिएको छ । अस्पतालको क्वाटरमा बस्दै आएका ११ जना जनासँगै र अस्पतालमा कार्यरत २ चिकित्सक सहित ४ जनामा संक्रमण देखिएको हो ।संक्रमितहरु ३ वर्षदेखि ६० वर्ष उमेरसमूहका रहेका ति मध्ये ‘दुई बालबालिकासमेत संक्रमित छन् ।

संक्रमितहरु वीरगन्ज महानगरपालिका–३ छपकैया, मुर्ली, सिर्सिया, पानी ट्यांकी, बिर्ता, रेसमकोठीका हुन् । बाराका संक्रमित देखिनेहरु  दुई जना जितपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी हुन् । पर्साको छिपहरमाई गाउँपालिका, टिहुकीका एक र पटेर्वासुगौली–५ का तीन जना संक्रमित छन् ।  यसअघि मंगलबार गरिएको पीसीआर परीक्षणमा ३४ जनामा पनि संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस