दिनदिनै सुनको मूल्यमा नयाँ रेकर्ड

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०७७, ११ : ११
दिनदिनै सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाल सुन तोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको हो ।

मंगलबार छापावाल सुन तोलामा ९८ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । 

बुधबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार१२ सय ४५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर १२ सय २५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस