काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने तय भएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार, पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो ।
यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।
प्रचण्ड र नेपाल पक्षका नेताहरु आजको स्थायी समिति नरोक्ने र अगाडी वढने वताईरहेका वेला फेरि वैठक स्थगित भएको हो । वैठक अव कहिले वस्ने भन्ने कुनै मिति तोकिएको छैन । अनिश्चितकालका लागि स्थगित भएको छ । अर्काे सूचना जारी नहुदासम्म वैठक रोक्ने कुरा भएको छ, केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले वताए ।
वैठकका विषयमा विहान अध्यक्ष प्रचण्डको निवासमा सचिवालयका ६ नेताहरु सहित केही स्थायी समिति सदस्यहरुको छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०७७, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
निर्वाचन आयोगमा दल दर्ता गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
नेपाल कम्युनिष्ट पार्टीद्वारा राजनीतिक कार्यदिशा सार्वजनिक (पूर्णपाठसहित)
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार
एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा