कास्की । गण्डकी प्रदेशमा यस वर्ष मनसुन शुरु भएता बाढी पहिरोका कारणबाट ७८ जनाको मृत्यु भएको छ । तीमध्ये ४० महिला र ३८ पुरुष छन् ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गतवैशाख महिनादेखि प्राकृतिक विपत्तिमा परी आठ जना बेपत्ता छन् भने ६८ घाइते भएका छन् । प्रदेशका ११ जिल्लामध्ये बाढी पहिरोबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । म्याग्दीमा १६ महिला र १५ पुुरुषको मृत्यु भएको छ भने चार महिला बेपत्ता छन् ।
त्यसैगरी तनहुँमा आठ महिला र तीन पुरुषको मृत्यु तथा एक बेपत्ता छन् । कास्कीमा पाँच पुरुष र पाँच महिला गरी बाढी पहिरोका कारणबाट १० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
लमजुङमा एक महिला तथा तीन पुरुष, स्याङ्जामा एक महिला र चार पुरुषको मृत्यु तथा एक पुरुष बेपत्ता छन् । गोर्खामा एक महिला एक पुरुषको मृत्यु तथा अर्का एक पुरुष बेपत्ता छन् ।
पर्वतमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ भने नवलपरासी पुर्वमा एक महिला र एक पुरुषले ज्यान गुमाएका छन् । बागलुङमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । प्रदेशका मनाङ र मुस्ताङमा भने हालम्म प्राकृतिक विपत्तिका घटनाबाट मानवीय क्षति नभएको बताइन्छ ।
कास्कीमा सात महिला र पाँच पुरुष गरी १२ जना पहिरोमा परी घाइते भएको प्रनाउ रेग्मीले जानकारी दिए । त्यसैगरी लमजुङमा ११ महिला र १२ पुरुष गरी २३ तथा म्याग्दीमा छ महिला सात पुरुष गरी १३ जना घाइते छन् ।
स्याङ्जामा आठ पुरुष र दुई महिला, तनहुँमा तीन महिला तथा चार पुरुष, पर्वतमा एक पुरुष र बागलुङमा एक/एक महिला पुरुष बाढी पहिरोमा परी घाइते भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ साउन २०७७, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
माझीदाईका गुनासो : दिनभरि काम गर्यो, फर्कँदा रित्तै
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक
काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति