सामाजिक न्याय सहितको समृद्धि आवश्यक छ : पुर्व मन्त्री पोखरेल

विहीबार, १७ फागुन २०७४, १७ : ३४
सामाजिक न्याय सहितको समृद्धि आवश्यक छ : पुर्व मन्त्री पोखरेल

महोत्तरी, बर्दिबास । आधारशिला र जय गोविन्द शाह अध्ययन केन्द्रको सयुक्त आयोजनामा महोत्तरी जिल्लाको बर्दिबासमा संघीयता र सुशासन बिषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महोत्तरी, सर्लाही, धनुषा र सिराहा जिल्लाका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थो ।

४ जिल्लाका नगरपालिकाको मेयर/उपमेयर, गाउँ पालिका अध्यक्ष, वडा अध्यक्ष र कार्यालय प्रमुख सहभागी कार्यक्रममा इन्द्रबहादुर भुजेल, केशब भट्टराई र प्रकाश विकल्पले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा संघीयता कार्यान्वयन गर्ने विधी, स्थानीय तह संचालन र विकास निर्माणको प्रक्रिया, सुशासनको सन्दर्भको बिषयमा सहभागी हरुलाइ प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा सहज रुपमा सेवा संचालन, भ्रष्टाचार र अनियमितताको अन्त्य, विकास निर्माणको मोडल, कार्यालय र कर्मचारी व्यवस्थापन र संचालन, स्थानीय तह जनउत्तरदायी बनाउने उपाय र संघीयता कार्यान्वयनको पद्धतिका बिषयमा सहभागी जनप्रतिनिधिहरुलाई प्रशिक्षित गराइएको थियो ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य, पुर्वमन्त्री एवम महोत्तरी जिल्ला निर्वाचन क्षेत्र -१ बाट बिजयी प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा भएको हो । प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले जनप्रतिनिधि स्थानीय सरकार भएको बताउदै जनताको जिवनस्तर उठ्नेगरि काम गर्न अनुरोध गर्नुभयो ।

पोखरेलले जनप्रतिनिधिले आम नागरिकलाई संघीयतालाई सहि ढंगले बुझाउनु आवश्यक रहेको बताउनुभयो ।
स्थानीय समुदाय सङ्ग सहकार्य गर्दै स्थानीय तहको अधिकारलाई कार्यान्वयन गर्नुपर्ने पोखरेलको भनाइ थियो ।
जनतालाई शान्ति सुरक्षा र सुबिधा दिनुपर्छ पोखरेलले भन्नुभयो : सामाजिक न्याय सहितको समृद्धि आवश्यक छ ।
श्रोत साधनहरुको विकास, सस्थागत संरचना निर्माण र क्षमताको विकासलाई पहिलो प्राथमिकतामा राख्न पोखरेलले आग्रह गर्नुभयो ।

अक्टोबर क्रान्तिको शतबार्षिकी को सन्दर्भ पारेर आधारशिला र जयगोबिन्द शाह अध्ययन केन्द्रले कार्यक्रम आयोजना गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हरुका लागि संघीयता र सुशासनको बिषयमा जानकारी गराउने उधेश्यले महोत्तरी जिल्ला निर्वाचन क्षेत्र -१ बाट बिजयी प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलको पहलमा प्रवचन कार्यक्रम आयोजना गरिएको आधारशिला परिवार सदस्य इन्द्र लामाले जानकारी दिनुभयो । कार्यक्रममा करिब १ सय भन्दा बढी जनप्रतिनिधि र कार्यालय प्रमुखको सहभागिता रहेको थियो ।
कार्यक्रममा आधारशिलाका सदस्य इन्द्र लामाले स्वागत मन्तव्य गर्नुभएको थियो । कार्यक्रम जय गोविन्द शाह अध्ययन केन्द्रका अध्यक्ष बिन्देश्वर महतोको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस