मुलुकको आर्थिक बृद्धिदरलाई बढाउँदै लैजान सबै क्षेत्रको उत्तिकै प्रयास आवश्यक : प्रधानमन्त्री ओली

विहीबार, १७ फागुन २०७४, १६ : ४५
मुलुकको आर्थिक बृद्धिदरलाई बढाउँदै लैजान सबै क्षेत्रको उत्तिकै प्रयास आवश्यक  : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देश विकासमा प्रतिबद्ध रहेको बताएका छन् । बिहिबार आफूलाई बधाई दिन बालुवाटार पुगेका नेपाल चेम्बर आफ कमर्सका प्रतिनिधिसँगको सामूहिक भेटमा उनले सो कुरा बताएका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले देश बनाउनेबाहेक आफ्नो अरु कुनै स्वार्थ नरहेको पनि स्पष्ट पारे ।  व्यवसायीहरुलाई दुःख दिएर लाभ लिने पक्षमा नरहेको पनि उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक बृद्धिदरलाई बढाउँदै लैजान सबै क्षेत्रको उत्तिकै प्रयास आवश्यक हुने पनि स्मरण गराउँदै सरकारले भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले कसैलाई दुःख दिने नियत आफू नेतृत्वको सरकार नरहेको समेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस