काठमाडौं । झण्डै चार महिनाको बन्दाबन्दीपछि उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकलाई भौतिक दूरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्यलाई तिव्रता दिएको छ ।
बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले आम सडक प्रयोगकर्तालाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयन गराउन आजदेखि ट्राफिक प्रहरीको विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।
उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरेर नगरेको, चालक र यात्रुले मास्क लगाए नलगाएको, तोकिएको भाडादर लिएर नलिएको, ५० प्रतिशत मात्र यात्रु राखे नराखेको अनुगमन गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
उहाँका अनुसार उपत्यकाका २९ स्थानमा जाँच चौकी स्थापना गर्नुका साथै बसपार्क, बसबिसौनी र विशेष गरी गुडिरहेको सार्वजनिक सवारीलाई अनुगमन गरिनेछ । बन्दाबन्दी हटेसँगै महाशाखाले ट्राफिक नियम पालना नगर्ने चालक विरुद्धसमेत कारवाही थालेको छ ।
मापसे जाँच शुरु
महाशाखाका अनुसार आजदेखि मादक पदार्थ सेवन (मापसे) जाँचलाई समेत तिव्रता दिएको छ । उपत्यकाका विभिन्न ठाउँमा मापसे गर्ने क्षेत्रमा निगरानी बढाउने र मापसे गरी सवारी चलाएको भेटिएमा कारवाही गर्न थालिएको ढकालले बताउनुभयो ।
कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, स्यानिटाइजर, मास्क लगाउन र सवारी साधन डिसइन्फेक्सन गर्न पनि महाशाखाले सवारी चालक तथा आम यात्रुलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०७ साउन २०७७, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
लाईसेन्स र ब्लूबुक नियन्त्रणमा लिने ट्राफिकको कदम विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
हराएका २६ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक
ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा
ट्राफिक प्रहरी जवानको हत्या आशंकामा छ जना पक्राउ