सिन्धुली । दुधौली नगरपालिका–१३ भित्राहाकी एक युवतीले असार ६ गते छोरा जन्माइन्। तर, त्यसको १२ दिनमै उनको कोख रित्तियो। उनी असार १८ गते बारीबाट फर्किंदा स्वस्थ छोराले प्राण त्यागिसकेको थियो। श्रीमान् रमेश तामाङको परिवारले उक्त घटना गराएको पीडित युवतीको दाबी छ।
परिवारकै सदस्यलाई उनले किन दोष लगाइन् त रु घटनाक्रम यस्तो रहेछ। २०७६ सालको दसैंको रमझम थियो। पारिवारिक सम्बन्ध भएका स्थानीय रमेश खाना खान ती युवतीका घरमा पाहुना आए। परिवारका सदस्य सबै खुसी थिए। तर, २० वर्षीय मीतदाइ रमेशले ती युवतीको अस्मितासँगै खुसी पनि खोसे। रात पर्यो भन्दै उनकै घरमा बसेका रमेश जबरजस्ती करणी गरी भागे। त्यसपछि रमेशको धम्कीका कारण उनले प्रतिवाद गर्न सकिनन् न परिवारलाई जानकारी दिइन्।
गर्भ रहेको ८ महिनापछि पेटको आकार बढ्दै गएपछि उनलाई आफन्तले सोधीखोजी गरे। घटनाबारे थाहा पाएपछि वैशाख २८ गते स्थानीयको रोहवरमा उनलाई रमेशकै जिम्मा लगाइयो। रमेशले जिम्मा लिए पनि परिवारले बुहारी स्वीकार गरेन। उनलाई घरभन्दा झन्डै ४ सय मिटर टाढा छाप्रो बनाएर राखियो।
‘म असार १८ गते दिउँसो छोरो समाएर छाप्रोमा बसेकी थिएँ। आमाजूले मलाई बारीमा घाँसको भारी धकेल्न बोलाउनुभयो’, पीडित महिलाले भनिन्, ‘त्यसपछि म छोरोलाई कोक्रोमा सुताएर आमाजू भएको ठाउँमा गएर फर्किंदा मेरो कोख रित्तिसकेको रहेछ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ साउन २०७७, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला
बेवारिसे नवजात शिशुको सहनी परिवारले लियो जिम्मा
बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु