स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना गरिने : मन्त्री थापा

विहीबार, १७ फागुन २०७४, १२ : ४०
स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना गरिने : मन्त्री थापा

म्याग्दी । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मुलुकको समृद्धिका लागि सरकारले ग्रामीण क्षेत्रमा उद्योग स्थापना गर्ने बताउनुभएको छ । मन्त्री बनेपछि गृह जिल्ला आउनुभएकी मन्त्री थापाले आज बेनीमा प्रेस चौतारी नेपाल, म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।

मन्त्री थापाले स्थानीय स्रोत, साधन र सीपको उपयोगमार्फत मुलुकको समृद्धि हासिल गर्न सरकारले हरेक स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना गर्ने निर्णय गरेको बताउनुभयो । वर्तमान सरकारले मुलुकको समृद्धि, सशासन, विकास निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्ने दाबी गनुृर््भयो ।

एक फरक प्रसंगमा मन्त्री थापाले म्याग्दी पर्यटन, जलविद्युत, जडीबुटी, कृषि, पशुपालनलगायतका क्षेत्रमा सम्भावनायुक्त क्षेत्र रहेकाले यहाँकोे विकासमा आफूले सक्दो पहल गर्नेे प्रतिबद्धता जनाउनुभएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस