यस्तो रह्यो सरकार र संघीय समाजबादी फोरमबीचको वार्ता

विहीबार, १७ फागुन २०७४, १२ : २६
यस्तो रह्यो सरकार र संघीय समाजबादी फोरमबीचको वार्ता

काठमाडौं । एमाले माओवादी गठबन्धन र संघीय समाजबादी फोरमबीच संविधान संशोधनका विषयमा आज भएको छलफल सहमति नजिक पुगेको छ । आज बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको त्रिपक्षीय छलफलमा  संविधान संशोधनका विषयमा मौखिक सहमति भएपनि त्यसलाई लिखित सहमति गर्न समय लाग्ने भएकाले आजै सहमति हुन नसकेको वार्तामा सहभागि संघीय समाजावादी फोरमका नेता राजेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार त्रिपक्षीय छलफलमा उठेका मुद्धाहरुलाई तीनवटै पार्टीले आ–आफ्नो पार्टीमा अनुमोदन गराएर सहमतिलाई लिपिबद्ध गरिनेछ । बालुवाटार बैठकपछि तीनवटै पार्टीका नेताहरु आन्तारिक छलफलमा भने जुटिरहेका छन् ।

फोरमले संविधानको धारा २७४ लाई संशोधन गर्नुपर्ने अडान राख्दै आएको छ । यसअघि लगातार फोरम र एमाले माओवादीबीच भएको छलफलमा बिहीबार सहमतिमा हस्ताक्षर गरिने नेताहरुले बताएका थिए । आजको छलफलमा संविधान संशोधन, मन्त्रालय बाँडफाँड लगायतका विषयमा पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस