अझै पाँच दिनसम्म भारी वर्षा : जल तथा मौसम विज्ञान विभाग

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १७ : ११
अझै पाँच दिनसम्म भारी वर्षा : जल तथा मौसम विज्ञान विभाग

काठमाडौं । अझै नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले पाँच दिन भारी वर्षा हुने जनाएको छ ।

नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा हुनेछ । 

पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ । यो अझै बढेर २ सय मिलिलिटर पुग्ने सम्भावना छ । न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको छ । 

अविरल वर्षासँगै नदीमा पानीको सतह बढेपछि नारायणी नदीको सतहले सोमबार खतराको बिन्दु पार गरेको छ । 

देवघाटधाममा रहेको जलमापन केन्द्रका अनुसार, देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ । यहाँ आठ मिटरलाई खतराको बिन्दु मानिन्छ । नारायणी पुलमुनि नदीको सतह ११ मिटर पुग्यो भने चेतावनीको तह मासिनन्छ । यहाँ पानीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ । 

जलस्तर बढ्दो क्रममा नै रहेको छ । नारायणी नदी उर्लिएसँगै चितवनको पश्चिमी क्षेत्र मङ्गलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौलीमा कटान र डुबानको खतरा बढेको छ । नारायणी पारि नवलपरासी सुस्तापूर्व  जिल्लाका विभिन्न क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस