मौद्रिक नीति : ऋणिलाई व्याज र किस्ता तिर्ने समय थप

सफल खबर संवाददाता

शुक्रबार, ०२ साउन २०७७, १५ : ४५
मौद्रिक नीति : ऋणिलाई व्याज र किस्ता तिर्ने समय थप

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप गरेको छ । कोरोनाले ब्यापार व्यवसाय ठप्प हुँदा आम्दानी गुमेपछि ऋण तिर्न नसकेका ऋणीलाई राष्ट्र बैङ्कले राहत दिएको हो ।

मौद्रिक नीतिले गरेको व्यवस्था अनुसार अब कोराना प्रभावित उद्योगले १ वर्ष २०७७÷७८ असार मसान्तसम्म र साना ऋणीलाई ६ महिना समय थप भएको छ । उनीहरुले पुस मसान्तसम्म बुझाउन पाउनेछन् । विभिन्न निकायले ऋण तिर्ने समयावधि पर धकेल्न माग गर्दै आएका थिए । उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् । 

प्रतिक्रिया दिनुहोस