काठमाडौं। बैङ्क तथा वित्तीय संस्थासँग भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । तरलता व्यवस्थापन गर्न आइतबार राष्ट्र बैङ्कले ५० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गरेको हो ।
बैङ्कमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैङ्कले २१ दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्न लागेको हो । जसको बोलकबोल आज आइतबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुने राष्ट्र बैङ्कले जनाएको छ ।
आइतबार २ बजेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जानेगरी आवेदन दिन सक्नेछन् । उपकरणको ब्याजदर बोलकबोलमार्फत् नै निर्धारण हुनेछ भने सावाँ तथा ब्याज भुक्तानी मंसिर १६ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, १० : ४१
लेखकबाट थप