काठमाडौं । संसदको पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरुले बोल्ने कि नबोल्ने भन्ने टुंगो लागेको छैन । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छापिएको छ ।
संघीय संसद सचिवालयले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका नेतासँग संसद बैठक सञ्चालनका सम्बन्धमा छलफल गरेको थियो ।
संसद सचिवालयका सहसचिव सुरजकुमार दुराले दलका नेता र सचिवालयबीच बैठक सञ्चालनसहित सचिवालयले तयार पारेको कार्यविधिका बारेमा जानकारी दिने र नेताहरुको धारणा सुनिएको बताए ।
दुराले भने, संसदको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा सामान्य छलफल भयो, अर्को बैठक आगामी २० गते (आइतबार) बसेर अन्य प्रक्रियाका बारेमा बाँकी निर्णय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस