काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बालुवाटारमा तीन घन्टा छलफल भएको छ । छलफलबाट कुनै नयाँ प्रगति आएको छैन ।
भेटको क्रममा केके विषयमा छलफल भयो भन्ने विषयमा केही खुलाइएको छैन । पार्टीमा देखिएको विवाद समाधानका लागि उनीहरूबीच मंगलबार पनि छलफल भएको थियो।
कुनै नयाँ प्रगति नभएपछि आजको लागि भेटवार्ता भएको हो, आजको भेटवार्ताले पनि दुई अध्यक्षबीच सहमति हुन सकेको छैन । दुबै अध्यक्ष आ–आफ्नो अडानमा रहेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा दुई अध्यक्षबीच हिजो अस्तिकै निरन्तरता स्वरुप छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ असार २०७७, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी
बालुवाटारमा मध्यरात बसेको सुरक्षा संन्यत्रको बैठकमा के भयो ?
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल