नेकपा अध्यक्ष प्रचण्डद्वारा मेघौलीको नदी तटीय क्षेत्रको अवलोकन

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, १५ : १३
नेकपा अध्यक्ष प्रचण्डद्वारा मेघौलीको नदी तटीय क्षेत्रको अवलोकन

चितवन । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा नदी तटीय क्षेत्रको अवलोकन गरेका छन् ।

भरतपुर महानगरपालिका २७ र २८ को सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले तटबन्धनको काम प्रभावकारी तरिकाले गर्न निर्देशन दिए । उक्त क्षेत्रमा नदीले ४ मिटर कटान गरिसकेको छ । अहिले नेपाली सेना, शसत्र प्रहरी र स्थानीयको सक्रियतामा तटबन्धनको कार्य भइरहेको छ ।

प्रचण्डसँगै प्रदेश सांसदहरु कृष्ण भुर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

हाल प्रचण्डसहितको सो टोली माडीको तटीय क्षेत्रको अवलोकनका लागि माडी प्रस्थान गरेको छ ।