सकियो ओली-दाहाल दुई घन्टा छलफल

सफल खबर संवाददाता

बुधबार, २४ असार २०७७, १९ : २६

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफल पनि विना निष्कर्ष टुंगिएको छ ।

दुवै नेताबीच भएको छलफलबाट कुनै निष्कर्ष ननिस्किएको दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले बताए ।

दुवै पक्षको यहीँ अडानका कारण सहमति हुन सकेको छैन । असार १० गतेदेखि जारी स्थायी समिति बैटक १८ गतेयता बस्न सकेको छैन । स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस