काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली दूतावासले सरकार–सरकार (जिटुजी) तहमा नेपाली सेनाले भारतबाट ल्याउन लागेको औषधि खरिद प्रक्रियामा विभिन्न प्रश्न उठाउँदै स्पष्ट पार्न आग्रह गरेको छ। दूतावासले परराष्ट्र मन्त्रालयमार्फत भुक्तानीसहितका विषयमा प्रश्न उठाउँदै यथास्थितिमा खरिद प्रक्रिया अघि बढ्न नसक्ने पनि स्पष्ट पारेको छ।
रक्षा मन्त्रालय स्रोतबाट प्राप्त कागजातमा दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाली सेनालाई खरिद प्रक्रियासम्बन्धी विभिन्न ६ विषयमा स्पष्ट पार्न भनेको छ। दूतावासले प्रक्रिया प्रारम्भ हुनुपूर्व औषधि खरिद गर्ने कम्पनी छनोटको निर्णय, भुक्तानीको विधि (एकमुष्ट, किस्ताबन्दी, अरू कुनै), भुक्तानी दिँदा बैंक जमानत आवश्यक पर्ने वा नपर्ने, औषधि आपूर्तिकर्ताले औषधि आपूर्ति गर्ने परिमाण, ढुवानीको विधि (एकमुष्ट वा किस्ताबन्दी) के हुने स्पष्ट पार्न पत्रचार गरेको छ।
त्यसैगरी औषधि दूतावासमा प्राप्त भइसकेपछि गुणस्तर नियन्त्रण, उपयोग म्यादलगायत जाँच्ने कार्यमा आवश्यक प्राविधिक कर्मचारी र औषधि आपूर्ति कम्पनीसँग कुनै सम्झौता नभएको अवस्थामा आपूर्ति व्यवस्थामा त्रुटि, लापरबाही वा अन्य समस्या उत्पन्न भए समाधानका उपायबारे पनि स्पष्ट हुन दूतावासले आग्रह गरेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २२ असार २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
हुम्लाको खार्पुनाथमा एक महिनादेखि औषधि अभाव
हुम्लामा औषधि अभाव, बिरामी मर्कामा
नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही