गाइघाट, उदयपुर । अपरेसन तयारी गर्न निर्देशन दिँदै जिल्ला अस्पतालका डाक्टर तीन घण्टा बेपत्ता भएपछि बिरामी मर्कामा परेका छन् ।
सोमबार साँझ प्रसुतिका लागि ल्याइएकी एक गर्भवतीको अपरेसन तयारी गर्दागर्दै डा. अमिताभ ठाकुर सम्पर्कविहीन भएपछि अपरेसन हुन सकेन ।
त्रियुगा नगरपालिका ९ का गीता खड्काको सामान्य प्रसूति नभएपछि डाक्टरले नै अपरेसन तयारी गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।
तर, अपरेसन तयारी पूरा भएको तीन घण्टा बित्दा पनि डाक्टर नआएपछि बिरामीलाई आफन्तले निजीमा लैजानुपर्यो । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८(प्रदेश १) मा समाचार छ ।
समाचारमा लेखिएको छ, डाक्टरको मोबाइल नउठेपछि गर्भवतीका आफन्तले कोलाहल मच्चाएका थिए । अपरेसन गर्नुपर्ने बेला डाक्टर किन भागे भन्ने विषय गम्भीर भएको अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले बताए । यस विषयमा छानबिन गर्ने जानकारी उनले दिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ फागुन २०७४, ०७ : ३९
लेखकबाट थप