काठमाडौं । नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ ।
गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो भने अहिले जग्गाको सर्भे अन्तिम चरणमा पु¥याएको छ ।निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार हाल पाइप लाइन तथा भण्डारण निर्माणको जग्गाको पूर्ण सर्भे भइरहेको छ ।
जग्गा सर्भेको नक्सा तयार भएपछि भारत र नेपालको सहसचिव स्तरीय संयुक्त कार्यसमूहलाई बुझाइने छ । गोइतले भने, ‘पाइप लाइनको सर्भे सकिएको छ भने जग्गाको सर्भे अन्तिम चरणमा छ । सकिएपछि डीपीआर बन्छ, काम अघि बढिरहेको छ ।’ गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १८ असार २०७७, ०८ : ००
लेखकबाट थप