काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बोलाएका हुन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीले आफूहरुलाई ८ बजे बालुवाटार बोलाएको बताए । ‘प्रधानमन्त्रीले छलफलका लागि भनेर हामीलाई बालुवाटार बोलाउनु भएको छ,’ उनले भने ।
साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीको मुख्य कमान्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका थिए ।
नौ सदस्यीय सचिवालयमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित मंगलबार बोल्ने अन्य १२ स्थायी कमिटी सदस्यले पार्टी र सरकार दुवैबाट ओलीको राजीनामा मागेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ असार २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी
बालुवाटारमा मध्यरात बसेको सुरक्षा संन्यत्रको बैठकमा के भयो ?
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल