प्रधानमन्त्रीको ओलीको अभिव्यक्ती नेकपाको बैठकमा चर्किने, जवाफ माग्ने तयारीमा प्रचण्ड र माधव नेपाल

'प्रधानमन्त्रीले कि भारतीय राजदुतलाई बोलाएर स्पष्टिकरण सोध्नु परयो की भने आत्मआलोचना गर्नुपरयो’

सफल खबर संवाददाता

मंगलबार, १६ असार २०७७, ०९ : ०९
प्रधानमन्त्रीको ओलीको अभिव्यक्ती नेकपाको बैठकमा चर्किने, जवाफ माग्ने तयारीमा प्रचण्ड र माधव नेपाल

काठमाडौं । सत्तासिन दल नेकपाको स्थायी समिति बैठक आज फेरि बस्दैछ । बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आजबाट भने बल्ल सरकारको काम केन्द्रीत विषयमा छलफल हुन लागेको छ । कोभिड १९ रोकथाम र नियन्त्रण प्रयासका विषय आजको बैठकको एजेण्डा छ ।

तर, प्रधानमन्त्री केपी ओलीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको गम्भीर आरोप लगाएपछि  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकट नेताहरुले यो विषयमा ओलीसँग जवाफ माग गर्ने तयारी गरेका छन् ।  ‘जनताबाट पूरै बदनाम, पार्टीभित्र पनि अलगथलग, एकलकाँटे, बैठक नराख्ने, राखिहालेपनि आफ्ना कुरा राखेर भागिहाल्ने, बैठकलाई उपेक्षा गर्नै जस्ता काम गर्दै प्रधानमन्त्री आईरहनु भएको छ ।

यस्तो बेला जनतामा रहेको राष्ट्रिय भावको सेन्टीमेन्टमा खेल्न उहाँले नयाँ कार्ड फ्याक्न खोज्नुभएको छ,  प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने,–’ उहाँलाई आफुलाई हटाउन भारत लागेको, नेताहरु प्रयोग भएको भन्ने कुरा गर्दा जनताले मलाई सपोर्ट गर्छन भन्ने लागेको होला, तर त्यसले उहाँलाई झनै प्रतिरक्षात्मक अवस्थामा पु¥याएको छ । बैठकमा यो विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’ प्रधानमन्त्रीले बेमौसममा अनावश्यक कुरा उठाएर कलाविहिन नाटक मात्र देखाएको दाहाल नेपाल पक्षको भनाई छ ।

आफ्नै विश्वासप्राप्त नेता गोकुल बाँस्कोटालाई दुतावास पठाएर वार्ता गराउने अनि अरुले आफुलाई हटाउन लागेको भनी प्रधानमन्त्रीले सार्वजनिक अभिब्यक्ती दिने कुरा सुँहाउदो नभएको ति नेताले बताए । नेपाल निकट स्थायी समिति सदस्य युवराज ज्ञवालीले पनि प्रधानमन्त्रीको अभिब्यक्तिका विषयमा अब पार्टीमा कुरा उठने बताए ।  ‘उहाँले सार्वजनिक रुपमै जे वोल्नुभएको छ, यि कुराहरु बैठकमा उहाँले स्वभाविक रुपमा अझ खुलेर भन्नुहोला । कँहा–कँहा के–के भएको छ भन्ने कुरा प्रधानमन्त्रीलाई पक्कै बढी सूचना होला । ति सूचनाका आधारमा बैठकमा विश्लेषण गरेर जाने कुरा होला ।

यसरी पार्टी बैठक चलिरहेको बेला सार्वजनिक मञ्चमा भारतले आफुलाई हटाउन लागेको र नेपालका नेताहरु त्यसैमा लागेका छन भन्नु भएको छ । यो गम्भिर कुरा हो । उहाँले भन्नुपरयो, को को लागे कसरी लागे ?’ ज्ञवालीले भने ।  प्रचण्ड र नेपाल पक्षका नेताहरुले प्रधानमन्त्रीले आफुलाई हटाउन लागेको तथ्य केही पाएको भए त्यसलाई पार्टी बैठकमा छलफल गर्नुपर्नेमा त्यसो नगर्नु र सार्वजनिक रुपमा अभिब्यक्ती दिने कुरा सही नभएको बताएका छन् ।  ‘आफुलाई कसैले हटाउन लागेको भएपनि त्यसको तथ्य÷प्रमाण पार्टी बैठक चलिरहेको छ, त्यही छलफल गराउने की सार्वजनिक कार्यक्रममा आक्षेप लगाउदै हिड्ने ?’ नेकपाका अर्का एक स्थायी समिति सदस्यले भने,–‘ विगतमा कोरोना देखाएर आफ्नो संकट टार्न खोज्नुभयो, अहिले राष्ट्रियताको मुद्दा उठाएर विषय विषयान्तर गर्न खोज्दै हुनुहुन्छ ।’

सत्तासिन नेकपाको नेतृत्वको यो सरकारलाई अहिले अन्य राजनीतिक दल र बाह्य शक्तिले जतिसुकै चलखेल गरेपनि हल्लाउन सक्ने अवस्था छैन् । नेकपासँग सिंगै संसदमा कुल २७५ मध्ये १७४ सांसद आफ्नै दलको मात्र छ । ओलीलाई सरकारमा संकट आए आफ्नै पार्टीबाट मात्र आउन सक्ने अवस्था संसदको अंकगणितले देखाउछ । यस्तो बेला प्रधानमन्त्रीले आफुलाई हटाउन भारतको राज्य संन्यत्र अचम्मसँग सक्रिय रहेको बताएका थिए । ओलीले मदन भण्डारीको जन्म दिवसको अवसरमा प्रधानमन्त्री निवास वालुवाटारमै आयोजित कार्यक्रममा आइतबार दिल्लीका सञ्चारमाध्यम, यहाँका होटलहरुमा भईरहेका गतिविधि र एम्वेसीको सक्रियताले आफुलाई हटाउने भित्रभित्रै खेल भईरहेको बताएका थिए ।

‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयन्त्र अचम्मसँग सक्रिय छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए,– ‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधुप भएका छन्  । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ, दिल्लीका सञ्चारमाध्यमहरू सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइराखेको छ । यहाँका होटलहरूमा भइराखेका गतिविधिहरू, एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ ।’

प्रचण्ड र नेपाल समुहले राष्ट्रिय अनुसन्धान देखि सेना पुलिस सबै संन्यत्र प्रधानमन्त्री ओलीको आफ्नै हातमा रहेकोले पनि त्यस्तो षडयन्त्रमा लागेको सूचना भए तत्काल भारतीय राजदुतलाई बालुवाटार बोलाएर स्पष्टिकरण सोध्ने र फिर्ता पठाउने सम्मका काम गर्न सक्ने अधिकार प्रधानमन्त्रीमा रहेको भन्दै यसमा प्रधानमन्त्री किन चुप लागेर बसेको भन्ने सम्मको प्रश्न उठाउने तयारी गरेका छन् ।  ओली निकट स्थायी समिति सदस्य सत्यनारायण मण्डलले भने प्रधानमन्त्रीले आफुसँग सूचना भएर नै त्यस्तो अभिब्यक्ति दिएको हुन सक्ने बताउँछन् । प्रधानमन्त्री जस्तो मान्छेले हचुवाका आधारमा बोल्ने कुरा हुदैन, पक्कै उहाँसँग केही बलियो सूचना छ, त्यही आधारमा उहाँले भन्नुभएको होला, मण्डलले भने । 

प्रचण्ड-नेपाल भेटवार्ता
ओलीको सार्वजनिक रुपमा आएको त्यस्तो अभिब्यक्तिपछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । हिजो दिउँसो दुई नेताका बीचमा बालुवाटारमा भेटवार्ता भएको थियो । ओलीले दिएको पछिल्लो अभिब्यक्तिमा केन्द्रीत रहेर दुई नेताबीच छलफल भएको नेपालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री आफ्नो आलोचना गर्नेहरुलाई अराष्ट्रवादी करार गर्न खोजेको र उनको असली अनुहार जनताले बुझिसकेको  भन्दै प्रधानमन्त्री आफै हल्का टिप्पणी दिएपछि प्रतिरक्षात्मक अवस्थामा पुगेको नेपालको सचिवालयले जनाएको छ ।  बैकठमा प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्रीले बोलिसकेपछि त्यस्तो घटनामा लागेको भए की भारतीय राजदुतलाई बोलाएर तत्काल स्पष्टिकरण सोध्नु पर्ने, अनावश्यक रुपमा मिडिया खपतका लागि मात्र बोलेको भए आत्मआलोचना गर्नुपर्ने गरी बैठकमा प्रस्तुत हुने तयारी गरेको स्रोतको भनाई छ ।