काठमाडौं । आज असार १५ अर्थात धान दिवस । यही दिनको अवसर पारेर रोंपाइँ गरि दही च्यूरा खाएर पनि पनि मनाईदैछ । कृषि प्रधान देश भएकाले पनि आजको दिनलाई नेपालीले विशेष चाडको रुपमा मनाउदैं आएका छन् ।
तर यस वर्ष विषम परिस्थितीका कारण यो दिवश धुमधाम तथा भिडभाड नगरि सतर्कतापुर्वक मनाउन सरकारले समेत आग्रह गरेको छ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी आज धान दिवस मनाइने कृषि विभागले जनाएको छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।
कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिएको छ ।
गत वर्ष यो दिवस प्रत्येक जिल्लामा सरकारी तवरबाट नै समन्वय गरि विभिन्न कार्यक्रम हुँदै आएको थियो । सरकारले वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरेसंगै २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असार २०७७, ०७ : ४१
लेखकबाट थप